अल कायदा नेता अयमान अल–जवाहिरी मारिएका अमेरिकाको दाबी

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७९ श्रावण १७, मंगलबार (१ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

साउन १७,काठमाडौँ । अल कायदा नेता अयमान अल–जवाहिरी मारिएका अमेरिकाले दाबी गरेको छ ।

अफगानिस्तानको राजधानी काबुलमा आइतवार भएको हवाई आक्रमणमा उनी मारिएका अमेरिकी राष्ट्रपति जो बाइडेनले पुष्टि गरेको बीबीसीले जनाएको छ । उनले विद्रोही विरुद्धको कारबाही अभियानलाई अमेरिकाले निरन्तरता दिने पनि बताएका छन्।

इजिप्टका नागरिक जवाहिरी आतङ्कवादीको सूचीमा थिए । उनी अमेरिकामा सन् २००१ को सेप्टेम्बर ११ मा भएको हमलाका मुख्य योजनाकार रहेको अमेरिकाले दाबी गर्दै आएको थियो । अमेरिकी ट्वीन टावरमा भएको आक्रमणमा झन्डै ३ हजार जनाको ज्यान गएको थियो ।

सन् २०११ मा पाकिस्तानमा ओसामा बिन लादेन मारिएपछि जवाहिरी फरार थिए।

ताजा अपडेट

खोजी गर्नुहोस